काठमाडौं । चाडपर्वको अवसरमा आइएमई पेले पहिलोपटक आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । यो अफर असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म गरेर जम्मा ४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ ।
दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइटिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिनेछ ।
अफर अवधिभरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेनं (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभी ९५५ इन्च, (प्रति )पाउनेछन् ।
चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५५ छुट र हिमाल डेन्टलमा १५५ छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै, आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउनेछन् ।
दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजाल मार्फत हुने र बाँकी सबै उपहारहरुको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा गरिने कम्पनीले जानकारी दिएको छ ।
उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाइसि प्रमाणित गर्नु पर्ने नियम कम्पनीले राखेको छ । यसका साथै आइएमई पे एपमा क्यास –इन र क्यास–आउट बाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ ।

