चितवन । भरतपुर–३ बाह्रघरेचोकस्थित मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर–१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सहपाठी अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्रीको पौडी खेल्खे क्रममा नारायणी नदीको भङगालोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरी ले जानकारी दिए।
उनका अनुसार दुवै विद्यार्थी परीक्षा दिन विद्यालय पुगेका थिए। तर परीक्षा सुरु हुनुअघि नै उनीहरू नजिकै रहेको नारायणी नदीमा पौडी खेल्न गएका थिए।सो क्रममा नदीको घोलमा डुबेर बेपत्ता भएका उनीहरूलाई खोजी गर्दा डुबेको अवस्थामा फेला पारिएको थियो।
उद्धारपछि तत्काल भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। विद्यालय र नदीबीचको दूरी करिब ८ सय मिटर मात्र रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

