चितवन । नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका पुरुषको पहिचान खुलेको छ । विहिवार साँझ साढे ६ वजे नदीको पुलबाट हाम फालेर कालिका ७ जुटपानी बस्ने बर्ष ३२ को अनुप पोख्रेल भन्ने खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
स्कुटरमा आएका उनि स्कुटरलाई पुलकै छेउमा राखेर नदीमा हाम फालेको बताइएको छ । बागमती प्रदेश ३-०२-००२ प ९१३६ नम्बरको सिल्भर रङको स्कुटर उनले पुलमै छाडेको प्रहरीले जनाएको छ । स्कुटरसँगै चप्पल समेत भेटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

