चितवन । नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । विहिवार साँझ साढे ६ वजे नदीको पुलबाट हाम फालेर अन्दाजी ३० /३२ वर्षका पुरुष वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्कुटरमा आएका उनि स्कुटरलाई पुलकै छेउमा राखेर नदीमा हाम फालेको बताइएको छ । बागमती प्रदेश ३-०२-००२ प ९१३६ नम्बरको सिल्भर रङको स्कुटर उनले पुलमै छाडेको प्रहरीले जनाएको छ । स्कुटरसँगै चप्पल समेत भेटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ ।

