सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल कम्पनी फेसबुकको मुनाफा दोब्बर भएको छ ।
विज्ञापनबाट हुने आम्दानीमा व्यापक वृद्धिका कारण यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको मुनाफा आकाशिएको हो ।
यद्यपि यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा भने मुनाफा यही दरमा निरन्तर नबढ्ने अनुमान कम्पनीको छ । अप्रिल–जुन त्रैमासमा फेसबुकले १० अर्ब ३९ करोड डलर मुनाफा कमाएको छ ।
मुनाफाको आकार प्रतिकित्ता शेयरमा २ डलर ६१ सेन्ट हुन आउँछ । गत वर्षको सोही अवधिमा फेसबुकको मुनाफा ५ अर्ब १८ करोड डलर अर्थात् प्रतिकित्ता शेयरमा १ डलर ८० सेन्ट थियो ।
समीक्षा अवधिमा आम्दानी पनि गत वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी २८ अर्ब ५८ करोड डलरमा पुगेको छ । यो दुबै अपेक्षा गरिएभन्दा धेरै हो ।
फ्याक्टसेटले गरेको सर्वेक्षणमा संलग्न विश्लेषणहरुले समीक्षा अवधिमा कम्पनीको मुनाफा प्रतिकित्ता ३ डलर शून्य ४ सेन्ट हुने र आम्दानी २४ डलर ८५ सेन्ट रहने बताएका थिए । रासस/ एपी