नयाँदिल्ली । जो कसैलाई पनि धन कमाउने लालसा हुन्छ । दैनिकी चलाउन पनि धन त चाहिन्छ नै ।
सामान्य व्यवसायबाट पनि करोडौं आम्दानी गर्न सकिदो रहेछ भन्ने ज्वलन्त उदाहरण भारतको उत्तरप्रदेशस्थित कानपुरको सडक किनारमा व्यापार गरेकाहरुबाट लिन सकिन्छ ।उनीहरुले सडककिनारको व्यापारबाटै आश्चर्यजनक रुपमा आम्दानी गर्दै आएको पाइएको छ ।
यहाँ ठेलामा समोसा तथा चार्ट बेच्ने, कवाड संकलन गर्ने, चिया विक्री गर्ने, पान विक्री गर्ने, फलफूल बेच्ने, बदाम बेच्ने व्यक्तिहरुले दैनिक हजारौं आम्दानी गर्ने गरेका छन् । सुन्दा पनि आश्चर्य लाग्छ, आफूलाई गरिब देखाउने उनीहरु वास्तवमा करोडपति छन् भनेर ।
एउटा अनुसन्धानमा उनीहरु करोडपति मात्र होइन, उनीहरुसँग तीनभन्दा बढी कार र बंगला रहेको पनि खुलासा भएको छ । अझ केहिको त सयौं बिघा जमीन रहेको पनि खुलासा भएको छ ।
उनीहरुले शहरका अनेकन गल्ली तथा चोकमा भाडालिएर अन्य व्यक्तिलाई ठेलामा व्यापार गर्न पनि दिएको पाइएको छ । कानपुरको आयकर विभागले हालै गरेको अनुसन्धानमा यस्तो व्यापार गर्ने २५६ जना व्यक्तिहरु करोडपति रहेको खुलासा भएको छ ।
विभागका अधिकारीहरुले देख्दा सामान्य व्यवसाय गरेजस्तो देखिएपनि सडकबाटै उनीहरुको आम्दानी दैनिक हजारौं हुने गरेको छ । तर उनीहरुले कर भने सरकारलाई बुझाउँदैनन् । हुन पनि हो, सडक व्यापारमा कसको पो ध्यान जान्छ र !
आयकर विभागका अधिकारीहरुले केवल गुजाराकै लागि यस्तो व्यवसाय सञ्चालन गरेजस्तो देखिएपनि उनीहरुले वर्षौंदेखि सरकारलाई आय कर र बस्तु तथा सेवा कर (जीएसटी) छलि गर्दै आएको खुल्न आएको बताएका छन् ।
अधिकारीहरुले जीएसटी दर्ताको क्रममा यस्तो रहस्य खुल्न आएको बताएका छन् । आयकर विभाग तथा जीएसटी विभागका अधिकारीहरुले यस बारेमा गहन अनुसन्धान गर्दा आफूलाई गरिब देखाएर उनीहरुले सरकारलाई वर्षौंदेखि एक रुपया पनि नतिरेको पनि बताएका छन् । एजेन्सीहरु