काठमाडौँ।नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर१ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँले बढेर एक हजार ३६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।