काठमाडौं। कुमारी बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला भएको छ। बैंकले ४ लाख २४ हजार ९८२ कित्ता संस्थापक सेयर लिलामी ल्याएको हो।
बैंकले संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको ३ लाख ४६ हजार ११९ कित्ता र एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ७८ हजार ८६३ कित्ता सेयर बिक्री सुरु गरेको हो। उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मंगलबार देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, टंगाल, काठमाडौं र सेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुबाट तोकिएको अवधिभित्र सबै सेयर खरीद माग आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री गरिने बैंकले जनाएको छ ।

