काठमाडौं । बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकले खुद नाफा पाँच प्रतिशतले बढाएर २८ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी तीन दशमलव १८ प्रतिशत र सञ्चालन मुनाफा पाँच प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज भने ३४ करोड ४८ लाख रुपैयाँबाट घटेर तीन करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ छ । यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा दुई करोड ९२ लाख रुपैयाँ मात्रै छ । यस अवधिमा बैंकको जगेडा कोष तीन दशमलव ४७ प्रतिशतले बढेको छ ।
बैंकको निक्षेप एक दशमलव २३ प्रतिशतले घट्दा कर्जा भने छ दशमलव ६७ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा रहेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात ३२ दशमलव २९ गुणा छ। न्युज कारखाना

