काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ ।

