काठमाण्डौ । आज सुनको भाउमा घटबढ भएको छैन । सुनको भाउ आज पनि हिजोजस्तै एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनयता सुनको भाउमा उचारचढाव हुँदै आएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज तोलाको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको थियो ।

