चितवन । ७ हजार बढी सेयर सदस्य भएको भरतपुरको दिगो विकास कृषि सहकारी संस्थाको ६ औँ बाषिर्क साधारण सभा सम्पन्न गरेको छ । भरतपुर ५ का वडा अध्यक्ष युद्ध प्रसादश्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा संस्थाले उत्कृष्ट कर्मचारी, ऋणी तथा बचतकर्ताहरूलाई सम्मान तथा पुरस्कृत वितरण गर्दै साधारण सभा मनाएको हो ।
साधारण सभाको अवसरमा संस्थाले जेष्ठ नागरीक, उत्कृष्ट नारी वचतकर्ता, वाल वचतकर्ता र नियमित वचतकर्तालाई पनि सम्मान गरेको थियो । साधारणसभाको उद्घाटनमा वक्ताहरुले सहकारीले स्वरोजगारमार्फत सदस्यहरुलाई आत्मनिर्भर बन्न उत्प्रेरित गर्नुपर्ने बताउँदै संस्थाले सुरु गरेको हाइटेक कृषि विकास, अनुसन्धान तथा तालिम केन्द्रको प्रशंसा गरेकाथिए ।
डेढ वर्ष अघि सहकारीले भरतपुर ५, आनन्दपुरमा सहकारी मार्फत सञ्चालनमा ल्याएको हाइटेक कृषि विकास, अनुसन्धान तथा तालिम केन्द्रले अहिले आधुनिक नर्सरीमा तरकारी, फलफुलका विरुवाहरु उत्पादन संगै कृषिमा अनृसन्धान र तालिम संचालन गरिरहेको छ ।
७ हजार ४ सय १०जना सेयर सदस्य रहेको यस सहकारीको चुक्ता शेयर पुँजी २ करोड १४ लाख २५ हजार ७ सय रहेको संस्थाकाअध्यक्ष टेक बहादुर शाहीले बताए । वचततथा ऋण कारोबार सञ्चालनगर्ने गरि उद्धेश्य सहित २०७४ सालमा २५ जना कृषक, सामाजिक व्यक्ति र उद्योगी बाट यो सहकारीको सुरु भएको थियो ।
भरतपुर १ देखि १६ नम्बर वडा सम्म सहकारीले आफ्नो कार्य क्षेत्र बनाएको छ । प्रद्यान कार्यलय भरतपुर ३ , प्रेस मार्गमा रहेको सहकारीको भरतपुर ४ लक्ष्मीपुरमा समेत सेवा केन्द्र संचालनमा छ ।

