काठमाडौं । यो साता लगातारजसो बढिरहेको सेयरबजारमा बिहीबार भने गिरावट आएको छ।
आज नेप्से परीसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ पनि ३.५० अंकले घटेको हो। बिहीबार जीवन तथा निर्जीवन बीमा उपसमूहबाहेक सबैजसो उपसमूह राताम्मे बनेका छन्।
बिहीबार २२० कम्पनीको २७ लाख कित्ता सेयर बिक्री भएको हो। जुन ८९ करोड ८९ लाखको किनबेच हो।
सबैभन्दा बढी आज हाइड्रोपावर समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२१ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.१९ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ ।

