काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ५ गतेदेखि संस्थापक तर्फको ५१ हजार ९९० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रू. ३९५ मूल्य तोकेर उक्त शेयर असोज १३ गतेसम्म विक्री खुला गर्न लागेको हो ।
यो शेयर खरीदका लागि ईच्छुक योग्य व्यक्तिले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम ६ हजार कित्ताका लागिदेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १४ गते विहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ । शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

