काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ, डिजेल र मट्टितेलमा १२ रुपैयाँ बढाउने निर्णय गरेको हाे । अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने भएकाे छ ।
खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेका कारण निगमले मूल्य बढाएको हो। यो मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा ३ अर्ब १ करोड रुपैयाँ नोक्सानी रहेकाे निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल लिटरमा २४ रुपैयाँ ७० पैसा र डिजलमा १८ रुपैयाँ नोक्सानी छ भने खाना पकाउने ग्यास एक सिलिण्डरमा ७ सय ५१ रुपैयाँ नोक्सानी छ।


