उदयपुर ।उदयपुरको कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको शवको सनाखत भएको छ । तीन दिनअघि कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको शव कटारी नगरपालिका– १० गिजिङटारका ४५ वर्षिय गुमानसिंह खड्काको रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
तीन दिनअघि कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको खड्काले लगाएको कालो सेतो धर्का भएको फुल सर्ट, कालो सेतो भएको हापेन्ट कपडाको आधारमा उनका भाई डिकबहादुर खड्काले सोमबार परिचान गरेका हुन् । खड्काको शव सनाखतपछि कटारी अस्पतालमा पोष्टमार्डम गरि परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । न्युज कारखाना

