काठमाडौँ। आज सुनचाँदीकै मूल्य बढेको छ।
प्रतितोला एक हजार रुपैयाँ बढेर आज सुनको भाउ एकलाख ९९ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
गएको मंगलबार प्रतितोला एकलाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो।
सुनको भाउ बिहीबार सोही मूल्यमा स्थिर थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुईहजार तीन सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

