काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढेको छ ।
सुन आज तोलामा पाँच हजार रुपैयाँले बढेर एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ
। हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम भएको थियो ।

