काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामानय घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्य कायम भएको हो ।

