काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ३ सय रूपैयाँले बढेको हो । आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

