चितवन । बाघमारा मध्यवर्ती सामुदायिक वनमा तीन महिने आधारभूत व्यूटिसियन र एडभान्स सिलाईकटाई तालिम विहीबार देखि सुरु भएकाे छ । वनप्रतिकाे निर्भरता हटाउन सीप मुलक तालिम आयाेजना गरिएकाे वनका अध्यक्ष जीतु तामाङले बताए । वनकाे कार्यालयमा आयाेजित एक औ पचारिक कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले उद्घाटन गरेका छन् ।
साे अबसरमा उनले वनप्रतिकाे निर्भरता हटाउन सीप मुलक तालिम आर्फत जीविकाेपार्जनकाे आधार तयार गर्नुपर्नेमा जाेड दिए । संरक्षणलाई आयआर्जनसंग जाेडन नसके संरक्षण दीगाे नहुने भन्दै उनले स्थानीय समुदाय संरक्षणप्रति सकरात्मक हुने गरि याेजना अगाडि बढाइएकाे उनले बताए । व्पूटिसियन तालिममा ३५ जना र सिलाइकटाई तालिममा १० जनाकाे सहभागिता रहेकाे छ ।
व्यूटिसियन तालिमकाे प्रशिक्षकमा मीना उप्रेती र सिलाइकटाई तालिमकाे प्रशिक्षकमा वीरेन्द्र चाैधरी रहेका छन् । उद्घाटन कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष सजना महताे, निकुञ्जका साैराहा सेक्टर प्रमुख शान्ताबहादुर मगर, रेवानका अध्यक्ष ध्रुव गिरी, हानका सचिव महेश खनाल, साना पर्यटन व्यवसायी समुहकी अध्यक्ष छुना रेग्मी लगायतले मन्तब्य राखेका थिए । वनका आध्यक्ष जीतु तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वनका सचिव कृष्ण भट्टले सञ्चालन गरेका थिए । कार्यक्रममा वनकी कार्यसमिति सदस्य सरस्वती चालिसेले स्वागत मन्तब्य राखेकी थिइन् ।


