चितवन । चितवनकाे पर्यटकीय नगरी साैराहामा आयाेजना गरिएकाे चितवन हात्ती तथा पर्यटन महाेत्सवकाे मंगलबार आयव्याय सार्वजनिक गरिएकाे छ । क्षेत्रीय हाेटल संघ चितवन साैराहाले गत पुस १० गते देखि १४ गते सम्म १७औं संस्करणकाे हात्ती तथा पर्यटन महाेत्सव गरेकाे थियाे ।
चितवनकाे पर्यटन विकासकाे लागि उक्त महाेत्सव आयाेजना गरिएकाे थियाे । कार्यक्रममा संघका काेषाध्यक्ष माधव दुवाडीले महाेत्सवकाे आम्दानी खर्च सार्वजनिक गरेका थिए । महाेत्सवमा ७८ लाख ८२ हजार ६०० रूपैया आम्दानी भएकाे र ५५ लाख ३८ हजार ८०० रूपैया खर्च भई २३ लाख ४३ हजार ८०० रुपैया मुनाफा भएकाे काेषाध्यक्ष दुवाडीले जानकारी दिए । साे मध्ये महाेत्सवमा स्थानीय सरकार सहित विभिन्न संघसंस्थाले कबुल गरेकाे ४७ लाख ४० हजार रुपैया उठ्न बाँकी रहेकाे छ । संघले महाेत्सवकै १ लाख ८३ हजार ९९४ रूपैया तिर्न बाँकी रहेकाे जनाएकाे छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले चितवनकाे पर्यटन विकासलाई उचाईमा पु-याउन सफारी पर्यटनकाे महत्वबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार गर्नुपर्नेमा जाेड दिए । सफारी पर्यटनलाई नयाँ माेडलमा विकास गरि गुणस्तरीय पर्यटक भित्र्याउनु पर्ने उनकाे भनाई छ । संघका महासचिव गुणराज थपलियाले सञ्चालन गरेकाे उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भाबेष रिमाल, वडा नं ७ का अध्यक्ष सजना महताे, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, एनआरएनएका उपमहासचिव साेम सापकाेटा, हाेटल संघका केन्द्रीय सदस्य सुमन घिमिरे, क्षेत्रीय हाेटल संघका चितवनका निवर्तमान अध्यक्ष दीपक भट्टराई लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा महाेत्सवमा उत्कृष्ट काम गरेकाे भन्दै संघका सदस्य ध्रुवराज बाग्लेलाई सम्मान गरिएकाे छ । संघका अध्यक्ष गंगा गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष ओमप्रकास पाण्डेले हात्ती तथा पर्यटन महाेत्सवले जिल्लाकाे पर्यटन विकासमा पार्ने दीर्घकालिन प्रभावका बारेमा प्रकाश पारेका थिए ।
यसैबीच क्षेत्रीय हाेटल संघ चितवन साैराहाकाे १९औं बार्षिक साधारण सभा मंगलबार नै गरिएकाे छ । हाेटल संघका केन्द्रीय सदस्य सुमन घिमिरे प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा संघका महासचिव गुणराज थपलियाले बार्षिक प्रगति प्रतिवेदन तथा काेषाध्यक्ष माधव दुवाडीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष गंगा गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष ओमप्रकास पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

