रत्ननगर ।नेपाल विद्युत प्राधिकरण रत्ननगर,टांँडी वितरण केन्द्रमा सेवाग्राहीको संख्यामा बृद्धि भएको छ ।
उक्त क्षेत्रमा नयाँ ,घर उद्योग , कलकारखाना, बन्ने क्रमसंँगै विद्युत सेवा लिनेको संख्यामा बृद्धि भएको हो । वितरण केन्द्रका अनुसार अघिल्लो आर्थिक बर्ष ०७६, ७७ मा उक्त वितरण केन्द्रमा ६० हजार ४२६ जना सेवाग्राही थिए पनि गत आर्थिक बर्ष ०७७, ०७८ मा बढेर ६४ हजार ७२ जना पुगेका छन । अघिल्लो आर्थिक बर्ष ०७७ ,०८मा ७ करोड ५१ लाख ७० हजार ६२६ युनिट खपत भएको थियो भने गत आर्थिक बर्षमा ८ करोड ४९ लाख ५७ हजार ७११ युनिट खपत भएको थियो । सेवा ग्राहीको संख्या बढेपनि राजश्व संकलनमा भने गिरावट आएको छ । जसअनुसार गत आवमा ९३ दशमलव राजश्व संकलन भएकोमा गत बर्ष यो प्रतिशत घटेर ९१ दशमलब ७९ मा प्रतिशतमा झरेको हो ।
कार्यालयका प्रमुख नवीन कुमार लाभले कोरोनाको समयमा अधिकांश कलकारखाना , व्यवसायिक प्रतिष्ठान बन्द भएसंँगै खपत घटेपछि राजश्व संकलनमा पनि कमी आएको बताए । ‘अधिकांश विद्युत खपत गर्ने केन्द्र पनि बन्द भए, खपत गरेका सेवाग्राहीले समयमा भुक्तानी पनि गरेनन । उनले भने । कार्यालय पनि नियमित खुल्न पाएन ।’ केन्द्रले निशेधाज्ञा तथा लकडाउनको समयमा विद्युत खपत गरेपनि उक्त अवधिमा लाग्ने जरीवाना समेत छुट गरेकोले महसुल तिर्ने सेवाग्राहीको संख्यामा कमी आउंँदा राजश्व संकलनमा असर परेको उनको भनाई छ ।
कालोपाटी ग्राहकको संख्यामा पनि कमी
टांँडी वितरण केन्द्रमा अघिल्लो बर्ष भन्दा गत बर्ष कालोपाटीको संख्यामा पनि कमी आएको छ । कार्यालयका अनुसार अघिल्लो बर्ष १६० ग्राहक कालोपाटीमा परेका थिए भने गत बर्ष यो संख्या घटेर १५६ मा झरेको थियो । यस्तै विद्युत चुहावट गर्नेको संख्यामा पनि कमी आएको छ । अघिल्लो बर्ष १६ दशमलब ५३ प्रतिशत विद्युत चुहाबट भएकोमा गतबर्ष १२ दशमलब ३५ प्रतिशतमा झरेको प्रमुख लाभले जानकारी दिए । बक्यौता भएका ग्राहकको सेवा रोक्ने, बक्यौता उठाउने र चुहावट हुने प्राविधिक पक्ष र त्यस्ता सेवाग्राहीलाई कारवाही कडाई गरिएकोले कालोपाटी र चुहावट गर्नेको संख्यामा कमी आएको उनको भनाई छ । वितरण केन्द्रले चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका , राप्ती नगरपालिकाको लोथर सम्म र ईच्छाकामना गाउंँपालिकाको एउटा वडामा विद्युत प्रवाह सेवा दिदै आएको छ ।