चितवन। चितवनकाे माडी नगरपालिकाकाे सिधुवामा बृहत् स्वास्थ्य शिविर भएको छ। शिविरमा ५ सय ६७ जनाले स्वास्थ्य सेवा लिएकाे डा भाेजराज अधिकारीले जानकारी दिए।
गत निर्वाचनको समयमा उनै डा अधिकारीले कल्पना गरेको जनतासँग अस्पताल अभियान अन्तरगत माडी वडा नं ४ काे आयोजना तथा पुष्पान्जली अस्पतालकाे प्राविधिक सहयोगमा गरिएको शिविरमा ११४ जनाले भिडियो एक्स-रे, ७५ जनाले मुटुको चेकअप (ई.सि.जी.), ७० जनाले फोक्सोको चेकअप (पि.एफ.टी.) र २५० जनाले सुगर चेकजाँच गरिएको थियाे। त्यस्तै, शिविरमा सहभागी हुन नसकेका ७ जना ज्येष्ठ नागरिकहरूलाई डाक्टर भोजराज अधिकारीले बिरामीको घरमै पुगी उपचार सेवा दिनुभएको थियो ।

शिविरमा पेट, मुटु, छाती, सुगर, थाइराइड विशेषज्ञ सेवा, स्त्री , प्रसुती तथा निसन्तान सम्बन्धि सेवा, हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा, नवजात तथा बालरोग सम्बन्धि सेवा, मानसिक रोग र नाँककाँन घाँटी रोग सम्बन्धि सेवा दिइएको वडाध्यक्ष माधव चापागाईंले बताउनुभयो । याे अभियान प्रभावकारी भएको र वडाले आगामी समयमा पनि यश खालका कार्यक्रम आयोजना गर्ने अध्यक्ष चापागाईंले बताउनुभयो ।

जनतासँग अस्पताल अभियानको नेतृत्व गर्नुभएका डा अधिकारीले स्वास्थ्य सम्वन्धि समस्या तत्काल समाधान गर्नु र नीतिगत सुधार के मा आवश्यक छ जान्ने उदेश्यले अभियान जारी रहेको बताउनुभयो ।तस्बिर : प्रकाशमणि ज्ञवाली


