चितवन । चितवनको लंकालाइनमा कारकाे टायर पड्किएर पल्टिँदा एक जनाकाे मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा शुक्रबार भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भइ नालिमा पल्टिएको थियो ।
दुर्घटनामा घाइते कार चालक काठमाडौं महानगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।