चितवन । प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनले एक लाख रुपैयाँ सहयोग गरेको छ ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई भवन निर्माणका लागि एक लाख रुपैयाँको चेक बुधवार दिउँसो हस्तान्तरण गरेका हुन् । पत्रकारहरुको भवनका लागि संघका तर्फबाट संस्थागत सहयोग गरिएको भन्दै अध्यक्ष श्रेष्ठले चितवनको पत्रकारिता क्षेत्रको विकासमा भवनले अझैं ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चितवनको आर्थिक क्षेत्रमा सधै अग्रणी संस्थाका रुपमा नेतृत्व गरिरहेको उद्योग बाणिज्य संघको सहयोगले खास अर्थ राख्ने भन्दै संघप्रति हार्दिक आभार ब्यक्त गरे । उनले संघको सहयोगले भवन निर्माणमा ठूलो टेवा पुगेको महसुस आफूहरुले गरेको भन्दै भवन निर्माणले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा थप मद्दत गर्ने बताए ।
सो अवसरमा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवि सुवेदी, संघका प्रमुख कार्यकारी अधिकृत निल केसी, पत्रकार महासंघ चितवनका सल्लाहाकार तिलकराम रिमाल लगायतको उपस्थिती रहेको थियो ।

