हेटौडा। जनमुक्ति सेनाको २३ औं दिवसको अवसरमा हेटौंडामा आज शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाईएको छ ।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) मकवानपुरका संयोजक सर्केश घलान ‘मधु’को प्रमुख आतिथ्य तथा पूर्व जनमुक्ति सेनाका मकवानपुर फ्याक्सन ईन्चार्ज वीर बहादुर घलान ‘ज्वाला’को अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरका सचिव भीम पाख्रिन लगायतले जनमुक्ति सेनाको बलिदानी र योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य सागर उप्रेती, प्रदेश परिषद सदस्य जीवन गोले, सुमन पाख्रिन, पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर एवं बागमती गाउँपालिका ४ का वडा अध्यक्ष दन्तलाल माझी ‘किरण’,पूर्व जनमुक्ति सेनाका कम्पनी सहकमाण्डर एवं बकैया गाउँपालिका ८ का वडा अध्यक्ष विष्णु नेगी लगायतको आतिथ्य रहेको थियो ।
जनमुक्ति सेना दिवसको अवसरमा शुभकामना आदानप्रदान
जनमुक्ति सेना दिवसको अवसरमा शुभकामना आदानप्रदान
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

