चितवन। चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टिका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नं. ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनिहरु दुवैलाई मंगलवार राति आ-आफ्नै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टि निकटका शर्माले कपुरबोट मिडियाका सञ्चालक पत्रकार सन्तोष देउजा र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको तस्विरलाई तोडमोड गरि सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोहि पोष्टलाई सेयर गरेका थिए । पक्राउ परेका दुवैजनाको बारेमा अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ ।
मेयर दाहालसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मंगलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।