काठमाडौँ। प्रकाश दुतराजको ‘रिमै’ बोलको गीतले युट्युबमा एक करोडबढी भ्युज पाएको छ। कात्तिक ३ गते सार्वजनिक यस गीतले एकमहिना नपुग्दै करोड क्लबमा प्रवेश गरेको हो।
प्रकाश दुतराजको युट्युब अकाउण्डमार्फत् सार्वजनिक गीतको भिडिओलाई एक करोड करोड ११ लाख बढी पटक हेरिएको छ।
प्रकाशको शब्द र संगीत रहेको गीतमा प्रकाशसहित मेलिना मैनालीको स्वर सुन्न सकिन्छ। बीबी अनुरागीको म्युजिक एरेन्ज रहेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ गरेका हुन्।
विशेषगरी गाउँले परिवेशमा रहेर मौलिक सिर्जनाहरू ल्याउँदै आएका दुतराजले यस गीतमा राउटे समुदायको संस्कृति र मायाप्रेमको कथालाई समेटेका छन्।
मौसम हिमाली निर्देशित गीतको भिडिओमा प्रकाशका साथै केपिना गोतामेको अभिनय रहेको छ। गीतलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ।