चितवन। ईलाका प्रहरी कार्यालय रत्ननगरले रु ८० हजार ५ सय नगद सहित १३ जनालाई नियन्त्रणमा लिएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर १५ माधबपुर स्थित सुदिप गुरुङको घरमा कौडा खेलिरहेको अबस्थामा सोमबार राती १०ः४५ वजे उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरुको साथबाट २ थान कौडा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितनवनका प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो । उनीहरुलाई जुवा ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

