चितवन । रत्ननगर नगरपालिकाले भूकम्प पीडितका लागि एक लाख ६५ हजार सहयोग गर्ने घोषणा गरेको छ । मेयर प्रलाद सापकोटाले आफ्नो एक महिनाको तलब सहित जनप्रतिनिधि र कर्मचारीको तबल सहित जम्मा हुने एक लाख ६५ हजार रुपैया जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन ।
उपमेयर यादवप्रसाद पाठकबाट रु १० हजार सहित १६ वडाका अध्यक्षहरुबाट जनही ५ हजारका दरले हुन आउने रु ८० हजार, ८ जना कार्यपालिका सदस्यहरुबाट ४० हजार र मेयरका रुपमा प्राप्त हुने एक महिनाको तलब सहित एक लाख ६५ हजार रुपैया भूकम्प पीडितको पुनस्र्थापना र राहतको लागि प्रधानमन्त्री दैविक प्रकोप कोषमा हस्तान्तरण गर्ने मेयर सापकोटाले बताए ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको थियो । मेयर सापकोटाले भूकम्पमा परी ज्यान गुमाएका दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ कामना समेत गरेका छन् ।