चितवन ।एमसीसी खारेजी संघर्ष समितिद्धारो भरतपुर महानगर कमिटी गठन गरेको छ । आज भरतपुरमा बाबुराम घिमिरेको संयोजकत्वमा १२१ सदस्यीय समिति गठन गरिएको हो । भरतपुरमा आयोजित गरिएको उक्त कार्यक्रममा १४ जना कार्यसमिति सदस्य बनाईएको छ ।
समितिको गठनपछि बोल्दै घिमिरेले एमसीसीको खारेज अपरिहार्य रहेको बताउँदै यसका लागि जनदबाब सिर्जना गर्न का लागि समिति बनाईएको बताए । सरकारले एमसीसी पास गर्न लागेको सन्दर्भलाई उल्लेख गर्र्र्दैविदेशीले आफूले दिएको सहयोग जबरजस्ती लिनैपर्छ भन्नु र सांसदबाटै पास गर्नुपर्छ भन्नु नै राष्ट्रघाती काम हो भनेर बुझ्नु पर्ने बताए ।
सो कार्यक्रममा बोल्दै लेखक तथा सर्जक सरिता तिवारीले एमसीसीमा दुई वटा अर्थ लाग्ने धेरै शब्दहरु रहेको र यसले देशलाई हित नगर्ने भन्दै सबैजना यसको विरुद्धमा जानुपर्ने बताइन् । एमसीसीको विरुद्धमा सबै महिलाहरु एकजुट हुन उनले आह्वान गरिन । उनले एमसीसी राष्ट्रघाती भएकाले कुनै पनि संसोधनको बाहनामा पारित गर्न नहुने धारणा राखिन् ।
समिति गठन समारोहमा बोल्ने अन्य वक्ताहरुले एमसीसीलाई संसोधन गरेर पनि पास गर्न नहुने बताए । अफगानिस्तानमा जस्तै अवस्था नेपालमा आउने बताउँदै उनीहरुले सबैलाई बेलैमा सचेत हुन आग्रह गरे । उनीहरुले एमसीसी नेपालमा आएपछि अमेरिकाले चीन विरुद्ध लड्ने र नेपाललाई रणभूमि बनाउने धारणा राखेका थिए ।
एमसीसी खारेजी संघर्ष समिति चितवनका सचिव आजिव पौडेलले एमसीसीको विरोधमा आवाज नउठाउन आफूहरुलाई दबाब आइरहेको बताए । जति दबाब आए पनि आफूहरु एमसीसीको विरुद्धमा बोल्ने बताउँदै उनले सबै जनतालाई बेलैमा सचेत भएर आफूहरुको आन्दोलनमा साथ दिन आह्वान गरे ।