चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालन भएको छ । आज बिहान करिब साढे ६ बजेको समयमा नाम्सी पुल नजिकै पहिरो खसेर सडक एकतर्फी भएको हो ।
सडक दुईतर्फी रुपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । डिभिजनका अनुसार पहिरो पन्छाउने काम सुरु भइसकेको छ ।

