चितवन । युवा व्यवसायी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरका सचिव शुलभ सिग्देलले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
व्यवसायी सिग्देलले भवन निर्माण स्थलमा नै पुगेर श्रमदान सहित ११ हजार १ सय ११ र हाल माल्टामा रहेका युवा पत्रकार विप्लव काफ्लेले ५ हजार ६५ सहयोग गरेका छन्। सिग्देलले प्रेस चौधरी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा चौतारीको भवन निर्माण भईरहेको छ । देशभरका चौतारी मध्य चितवनले पहिलो पटक भवन निर्माण गरिरहेकोले हौसला स्वरुप आफुले सक्ने सहयोग गरेको सिग्देलले बताए ।
चौतारीको भवन निर्माण भएपनि सबैले साझा अपनत्व ग्रहण गरेको र विभिन्न सघंसस्थां राजनीतिक तथा सामाजिक व्यक्तित्वको सहयोग र विभिन्न व्यवसायीहरुले गरेको सहयोगले संगठनलाई हौसला, उत्पेरणा र उर्जा मिलेको भन्दै प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले धन्यवाद व्यक्त गरे ।
समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तलाको काम सकिएर दोस्रो तल्लाको काम सुरु भएको छ । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।