चितवन। पूर्ब पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिकामा दुईवटा यात्रु वाहक वस एक आपसमा ठक्कर खाँदा ३१ जना घाईते भएका छन् । राप्ती नगरपालिका वडा नम्बर ८ स्थित खुरखुरेमा पोखराबाट गौर तर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवहाक बस र विरगञ्जबाट काठमाडौं जान आउँदै गरेको ना ७ ख ६०४१ नम्बरको यात्रुवहाक बस आज दिउँसो एक आपसमा ठक्कर खाएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितका अनुसार दुवै सवारी साधनका चालक सहित उनीहरु घाईते भएका हुन । घाईते मध्ये चितवन मेडीकल कलेजमा ६ जनाको, पुरानो मेडीकल कलेजमा २४ जनाको र नेसनल सिटी अस्पतालमा एक जनाको उपचार भईरहेको छ । उनीहरु मध्ये एक जनाको अबस्था गम्भिर र १६ जनाको अबस्था मध्यम रहेको उहाँले जानकारी दिनुभयो । अन्यको अबस्था सामान्य रहेको छ ।