गैडाकोट। नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा पूर्ण रुपमा निषेधाज्ञा हटाइएको छ । आज जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।
२०७८ बैशाख २१ गतेदेखि सुरु भएर पटक पटक थपिएको निषेधाज्ञा अन्तिमपटक यही ३१ गतेसम्म थपिएको थियो । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएको प्रशासनले अब जिल्लालाई पूर्ववत अवस्थामा फर्काएको जनाएको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनाएको छ ।