चितवन। चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा पहिरो खसेको छ । निरन्तर वर्षा भैरहेको कारण आज बिहान पहिरो खसेको हो ।
पहिरोका कारण यतिबेला मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी संचालन भएको सडक सुपरभाईजर ईश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अहिले सडक दुईतर्फी खुलाउने प्रयास भैरहेको छ ।

