चितवन। महिलाहरुको महान चार्ड हरितालिका तीज नजिकिँदै गर्दा बजारमा धमाधम तीज गीतहरू आइरहेका छन् । भदौ महिना लागे सगै बजारमा नयाँ नयाँ तिज गितहरु आइरहेका छन् । यसो त बजारमा नयाँ नयाँ तिज गित आउनेहरुको होडबाजी नै चलिरहेको देखिन्छ ।यसै क्रममा हाँस्य कलाकार तथा निर्देशक दिपक शर्माको निर्देशनमा माैलिक तीज गीत दु:ख – सुख सोमबार सार्वजनिक भएको छ ।
सरू पाैडेल तथा निरू लामिछानेको स्वरमा रहेको उक्त गीतको शब्द तथा लय संकलन सरू पाैडेलले नै गरेकी छिन् । दिदीबहिनीहरुले मेलापात जादा होस् या श्रीमानको घरमा होस् काम गर्दाको दु:ख – सुखको क्षणलाइ गितका माध्यामबाट चित्रण गरिएको छ ।
गीतमा अभिनय सुमन सागर जंग के.सी , दिपक शर्मा ,मोडल सिर्जना पाण्डे र सरू पाैडेलले गरेका छन् भने नृत्य निर्देशन पनि सुमन सागर जंग के.सीले गरेका छन् । खड्ग गन्धर्वले एरेन्ज गरेको उक्त गीतको भिडियो छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन सन्तोष सुनारले गरेका हुन् ।
प्रल्हाद सुवेदी युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोको छायांकन काठमाडौंका विभिन्न ठाउँमा गरिएको थियोे । गायिका निरु लामिछानेले बिगतमा चितवनमा रहेर लामो समय पत्रकारिता पनि गरेको थिइन् ।