काठमाडौ। मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रेदोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनाको परिचय खुलेको छ।
मकवानपुर प्रहरीका अनुसार पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, २२ वर्षीया छोरी शिला स्याङ्तान, २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीय नाति मिलन, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना आएकी सिन्धुली हरिहरपुरगढी गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका हुन्।
अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया शान्तमाया ब्लोनलाई अचेत अवस्थामा स्थानीयले उद्धार गरे पनि उपचारका लागि भोर्लनीस्थित स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। सोमबार राती घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ७ जना घरसहित बागमतीमा बगेका थिए।

