चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । उक्त सडक खण्डको भरतपुर महानगरपालिका २९ स्थित सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ आईरहेको लु ३८ प ६२७० नं. को मोटरसाईकल र ना ६ ख ५६४२ नं. ट्रकमा ठक्कर खादा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सरोज दर्लामीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको शव भरतपुर अस्पतालमा रहेको छ ।
त्यसैगरी मोटरसाइकलमा सवार पाल्पा घर बताउने ३४ वर्षीय चेतन आले गम्भीर घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । दुबै सवारीसाधनसहित ट्रक चालक पर्सा सकुवा गाउँपालिका –१ बस्ने वर्ष ४० वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।

