चितवन । भरतपुर अस्पताल बिकास समिति सदस्यमा प्रमिशा गुरुङ र डिल्लीराम लामिछाने (मिलन) मनोनीत भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले गुरुङ र लामिछानेलाई अस्पताल बिकास समिति सदस्यमा मनोनीत गरेको हो । असार १७ गतेको मन्त्रीस्तरको निर्णय अनुसार उनीहरु शुक्रबार मनोनीत भएका हुन् ।
भरतपुर अस्पताल बिकास समिति (गठन) आदेश २०७६ को दफा (३) (घ) बमोजिम मनोनीत गुरुङ र लामिछानेको पदावधि तीन वर्षको हुनेछ ।

