चितवन। माडी नगरपालिका निबासी क्यान्सर पीडित सुरेश सुवेदीको उपचारको लागि आर्थिक सहयोग गरिएको छ । लायन्स क्लव अफ रत्ननगर लेडिजले संस्थाकी सक्रिय सदस्य अनिता पौडेलको जन्मदिनको अबसरमा ११ हजार रुपैया आर्थिक सहयोग गरेको हो । लायन्स क्लवकी जोन चियर पर्सन चन्द्रिका महत केसी र भरतपुर निबासी लक्ष्मण गौतमको पहलमा क्यान्सर पीडित सुवेदीलाई आर्थिक सहयोग गरिएको हो ।
लायन्स क्लवका डिष्ट्रिक एजुकेटिभ कोचिफ निरज श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा कलष्टर चिफ मधुर नेपाल, कलष्टर सचिव सुवास पोखरेल लगायतका सहभागिता रहेको थियो ।
लायन्स क्लव अफ रत्ननगर लेडिजकी अध्यक्ष भगवती देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष गीता सिंखडाले सञ्चालन गरेकी थिइन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि आर्थिक सहयोग गरिएको क्लवकी अध्यक्ष देवकोटाले बताइन् ।

