चितवन। चितवनको कालिका नगरपालिका ७ सगुनटोलस्थित उदयपुर सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । उदयपुर सामुदायिक वन उपभोक्ता समूहले आज (बिहीबार) वृक्षारोपण गरेको हो ।
वृक्षारोपण पहल नेपाल काठमाडौंको प्राविधिक सहयोगमा विभिन्न प्रजातिका एक हजार तीन सय विरुवा रोपिएको वनका अध्यक्ष शंकर लामाले जानकारी दिए । लामाका अनुसार बर्रो, बकाइनो, खुमारी, टिक, चेकराशी, शिरिषका समान दुई-दुई सय तथा सिसौको तीन सय वटा बिरुवा रोपिएको हो ।
वृक्षारोपण गर्दै नगर प्रमुख बिनोद रेग्मीले विरुवा रोपेपछि हुर्काउन बिशेष ध्यान दिन आग्रह गरे । मेयर रेग्मीले बोट विरुवा तथा वनजंगलको संरक्षणमा सबैले सहयोग गर्पने बताए । वन जंगल मासिदा प्राकृतिक बिपत्ती निम्तने गरेको उनको भनाइ थियो ।
वनका अध्यक्ष लामाले वन जंगलको संरक्षणका लागि दश हजार विरुवा रोप्न लागिएको जानकारी दिए । जस अन्तर्गत आज एक हजार तीन सय विरुवा रोपिएको उनले बताए । यसले बाढी पहिरो रोक्न पनि मद्त मिल्ने उनको भनाइ थियो ।
वृक्षरोपण कार्यक्रममा कालिका ७ का वडाध्यक्ष कमल मोक्तान, सिंहनाथ गणका सेनानी सन्तोष पौडेल, मेजर जुद्धबहादुर कुँवरलगायत, प्रहरी चौकी जुटपानीका प्रहरी नायब निरीक्षक दिलबहादुर महत, खगेरी सब डिभिजन वन कार्यालयका प्रमुख देविप्रसाद पौडेललगायत उपस्थित थिए ।

