चितवन । चितववनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित दर मृत्युदरमा कमी आएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा चितवनमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।
कार्यालयका अनुसार चितवनका अस्पतालहरुमा आईसीयूमा ३८ जना, भेन्टिलेटरमा सात जना, एचडीयूमा २४ जना, जेनरल बेडमा २९ जना गरी जम्मा ९१ जनाले उपचार गराइरहेका छन् । अघिल्लो हप्ताभन्दा झण्डै ५० प्रतिशत संक्रमितको संख्या घट्दै गएको तथ्यांकले द्खाएको छ ।
जसअनुसार अघिल्लो हप्तामा जिल्लामा संक्रमितको संख्या २ हजारको हाराहारीमा थिए भने यो दर घटेर हाल १ हजारको हाराहारीमा छ । विगत २४ घण्टामा ९ जना बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी चितवनमा विगत २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।