चितवन । रत्ननगर नगरपालिकाले कृषि तथा पशुपालनलाई प्रवर्द्धन गर्ने नीति लिएको बताउदै नगर प्रमुख प्रल्हाद सापकोटाले रत्ननगरको किसानको हक हितका लागी आफु लागी पर्ने बताएका छन् । रत्ननगर नगरपालिका प्राङ्घढमा आयोजित हार्भेस्टर हस्तान्तरण कार्यक्रममा उँहाले यस्तो बताउनु भएको हो ।
रत्ननगर नगरपालिकाले मेयर सापकोटाको पहलमा आज रत्ननगर-६ मा रहेको माँ भवानी कृषि तथा पशुपालन फर्मलाई अत्याधुनिक घास काट्ने मेसिन हार्भेस्टर हस्तान्तरण गरेको छ । ५० प्रतिशत लागत अनुदानमा सो मेसिन हस्तान्तरण गरिएको हो ।
सोहि कार्यक्रम मा बोल्दै उंहाले स्मरण गर्नुभयो “सडक निर्माण अन्तर्गतको अनुगमनमा जाने क्रममा आफुले सो पशु फार्म देखे पछि एक्लै हिम्मतका साथ १ सय २५ भैसी पालन गर्ने किसान प्रति नगरपालिकाको उत्तरदायित्व हुनै पर्छ भन्ने भावका साथ आफुले माँ भवानी कृषि तथा पशुपालन फर्मका संचालक सुदर्शन रिजाललाई भेटेर उँहाकै आग्रहमा हार्भेस्टर हस्तान्तरण गरिएको हो ।”

