नयाँदिल्ली । भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सरकारी अधिकारीले शनिवार दिएको जानकारीअनुसार तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएका छन् । खोप लगाएका मध्ये १ करोड ३ लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यो संख्या ९७ दशमलव ४३ प्रतिशत हो ।
भारतमा अहिलेपनि ४ लाख ५ हजार ६८१ जना संक्रमित अवस्थामै रहेका छन् । सक्रिय संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।
दैनिक नयाँ संक्रमितको सङ्ख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिंदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । रासस/ एएनआई