चितवन। भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको कक्षा ४ मा अध्ययनरत प्रविशा पाण्डेले स्कुलमा नै रोटी बनाउन सिकिन् । प्रविशा अहिले सजिलै रोटी पकाउन जान्ने भएकी छन् । स्कुलले मंगलबार सिकाउने व्यवहारिक शिक्षाकै माध्यमबाट प्रविशाले रोटी बनाउन जानेकी हुन् । उनी अहिले रोटी बेल्न र बनाउन सिपालु हुँदैछिन् । उनी सँगै कक्षा ४ मा पढ्ने सुमन सिंह पनि अहिले सुख्खा रोटी पकाउन जान्ने भएका छन् । उनी यस अघि रोटी पकाउन जान्दैन थिए । तर अहिले स्कुलमा उनले रोटी पकाउन सिकेका छन् ।
ग्रीनल्याण्डमै कक्षा ५ मा अध्यनरत आरभ भुजेल र सद्दाम आलमले कपडामा स्त्री (आइरन) लगाउन सिकेका छन् । उनीहरु अब बिस्तारै आफ्नो कपडा आफै सजिलै आइरन लगाउन सक्ने हुँदैछन् । उनहरुले पनि स्कुलमा नै आइरन गर्न सकेका हुन् ।
कक्षा ७ का जया कोइराला र कृष्टिना कोइराला पनि बाटेको धुप बनाउन सिक्दैछन् । जया र कृष्टिना जस्तै दीपिका सेढाँई र परिक्षित न्यौपाने पनि बाटेको धुप बनाउन सिकिरहेको बताउँछन् । उनीहरु जस्तै ग्रीनल्याण्डका सयौं विद्यार्थी अहिले व्यवहारिक ज्ञान सिक्दैछन् । स्कुलले यसरी नै विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिक र जीवन उपयोगी शिक्षामा जोड दिइरहेको छ ।
ग्रीनल्याण्डमा हरेक मंगलबार ‘बुक फ्री डे’ हुँदै आएको छ । कोरोनाकाल अघि नै ुबुक फ्री डेु को अवधारणा ल्याएको स्कुलले गत वर्षबाट यसलाई प्रभावकारी तरिकाले अघि बढाईरहेको छ । मंगलबार कक्षा नर्सरीदेखि ७ सम्मका विद्यार्थीहरु किताब कापी बिना नै स्कुल आउँछन् । न सो दिन उनीहरुले स्कुलमा किताब पढ्न पर्छ, न त कक्षाकार्य नै गर्नुपर्छ । सो दिन विद्यार्थीहरु व्यवहारिक तथा जीवन उपयोगी सिप सिक्नमा नै व्यस्त हुन्छन् ।
किताबका ज्ञानसँग बाह्य ज्ञानका लागि मंगलबार ‘बुक फ्रि डेुमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्की बताउँछन् । विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै व्यवहारिक ज्ञान तथा जीवन उपयोगी सिप सिकाउन सके भविष्यमा जस्तो सुकै परिस्थितिमा पनि जीवनयापन गर्न सक्ने उनको बुझाई छ । यसले विद्यार्थी जीवनलाई प्रभावकारी बनाउने पनि उनको विश्वास छ ।
‘मैले यो बिषयमा धेरै सोचे । विद्यार्थीहरु सधैं भारी झोला बोकेर आउँछन् । किताबी ज्ञानमा मात्रै सीमित हुँदैछन् । भविष्यमा हरेक परिस्थितिसँग कसरी जुध्लान भन्ने लाग्थ्यो रु अबको आवश्यकता व्यवहारिक शिक्षा हो भन्ने सोचेर कोरोना अघि नै ‘बुक फ्री डे’ को अवधारणा ल्यायौं, अहिले प्रभावकारी हुँदैछु,’ प्राचार्य कार्की भन्छन् ।
‘बुक फ्री डे’ मा विद्यार्थीहरुलाई चिया बनाउन, रोटी बेल्न बनाउन, धुप बनाउन, उध्रिएको कपडा सिलाउन, कपडामा टाँक लगाउन, कपडा आइरन गर्न जस्ता क्रियाकलाप सिकाउने गरिएको छ । यसले अभिभावकहरुलाई पनि धेरै सहज हुने उहाँको भनाइ छ । ‘धेरै बच्चाको बुवा आमा बाहिर हुनुहुन्छ । अभिभावकको रुपमा हजुरबुवा हजुर आमा हुनुहुन्छ । उहाँहरु बिरामी हुँदा अब बच्चाहरुले तानो पानी तताएर, चिया नस्ता बनाएर दिन सक्छन् । आफ्नो काम आँफै गर्न सक्छन् । यसो सोच्नुहोस् त यसले अभिभावकलाई कती सहज बनाउँछु,’ कार्की भन्छन् ।
‘बुक फ्री डे’ बारे सुरुवाती दिनमा अभिभावकको प्रतिकृया कस्तो आउँला भन्ने चुनौती थियो । सामान्यतया अभिभावकहरुमा आफ्नो बालबच्चा स्कुल गएपछि पढ्नुपर्छ भन्ने सोच हुन्थ्यो । तर अभिभावकहरुले पनि ‘बुक फ्री डे’ लाई सहज रुपमा लिएर राम्रो प्रकृया दिएकोले यसको प्रभावकारीता झनै बढेको उनको भनाइ छ । यसले शिक्षालाई जीवनसँग जोड्न मद्त मिल्ने उनको विश्वास छ ।
स्कुलमा सिकेका सिपलाई विद्यार्थीहरुले घरमा प्रयोगमा ल्याउन सक्ने सह प्राचार्य उपेन्द्र आचार्य बताउँछन् । अहिलेको शिक्षा सुगा रटाई भन्दा पनि बाहिरी संसारसँग जुध्न सक्ने सिकिमको हुनुपर्ने आचार्यको भनाइ छ । यसैलाई मध्यनजर गर्दै विद्यालयमा ुबुक फ्री डेु हुँदै आएको उनी बताउँछन् । यस्तै विद्यार्थीहरुलाई समूहमा काम गर्दाको प्रभावकारीता बुझाउन पनि मद्त मिल्ने उनको भनाइ छ ।
‘अबको शिक्षा प्रयोगात्मक हुनुपर्छ । सुगा रटाई भन्दा बाहिरी संसारसँग जुध्न सक्ने किसिमको हुनुपर्छ । यसले विद्यार्थीहरुलाई भविष्यमा समस्यासँग आँफै जुध्न सिकाउँछ । जस्तो सुकै परिस्थितिमा पनि जीवनयापन गर्न सिकाउँछु,’ आचार्य भन्छन् । यसैको माध्यमबाट विद्यार्थीको क्षमता पहिचान पनि गर्न सकिने उहाँको भनाइ छ ।
यससँगै विद्यालयले विद्यार्थीहरुलाई योगा कक्षा पनि दिने गरेको छ । योगाले विद्यार्थीहरुलाई मानसिक रुपले स्वस्थ राख्न मद्त मिल्ने आचार्य बताउँछन् । यस्तै खेलकुद, संगीत, नृत्यलगायतका अतिरिक्त कृयाकलापमा पनि विद्यालयले जोड दिँदै आएको छ । सोही विद्यालयमा संगीत कक्षा समेत लिँदै आएका कक्षा ९ मा अध्ययनरत करण विक भोइस अफ किड्सको उत्कृष्ट १६ भित्र परेका थिए । विद्यालयमा हुने संगीत कक्षाले आफूलाई धेरै सहयोग पुगेको करण बताउँछन् । यस्ता अतिरिक्त कृयाकलाप, व्यवहारिक शिक्षासँगै जीवन उपयोगी सिपमा विद्यालय जिल्लाकै उत्कृष्ट भएको विद्यालयको दाबी छ ।