चितवन । अपांँग बालबालिकालाई लक्षित गर्दै भरतपुर अटिजम बिशेष विद्यालय सञ्चालनमा आएको छ ।
्भरतपुर महानगरले नेपालमा नै पहिलो पटक अटिजम भएका बालबालिकाको अध्ययनका लागि महानगर स्तरिय सरकारी अटिजम विद्यालयको स्थापना गरिएको हो । आज एक कार्यक्रमका बीच उक्त विद्यालयको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्धघाटन गरिन् ।साविकको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित बालमन्दिर स्कुललाई नारायणी नमुना माविमा गाभेर यहाँ अटिजम विशेष विद्यालय स्थापना गरिएको हो ।सो अवसरमा बोल्दै दाहालले महानगरले यहाँ विद्यालय सञ्चालन गरेर अटिजम भएका बालबालिकाको अभिभावक बनेको बताईन् ।
यो विद्यालय सामुदायिक विद्यालयका रुपमा सञ्चालन हुने र अन्य विद्यालयलाई भन्दा यो बिद्यालयलाई महानगरले बिशेष रुपमा हेर्ने बताईन् । उनले अब यसको भौतिक पुर्वाधार, शैक्षिक विकास देखि अन्य सबै खाले सेवा प्रदान गर्ने र यहाँ नर्सको दरबन्दी पनि स्थापना गरि नर्सको व्यवस्था गर्ने पनि बताईन् । कार्यक्रममा नेपाल बाल संगठन चितवनका अध्यक्ष रबि किरण पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल बिच विद्यालय सञ्चालन सम्झौता समेत भएको थियो ।
यहाँ हाल १८ विद्यार्थी रहेका छन् । केही दिनमा ४० विद्यार्थी पुग्ने अनुमान गरिएको छ । महानगरले यहि वर्ष यो विद्यालयको व्यवस्थापनका लागि १८ लाख रुपैयाँ खर्च गर्ने योजना सहित विद्यालय सुधारका लागि कार्यक्रम पनि तयार गरेका महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए ।
यहाँ शौचालय, किचन, खाना पकाउने वा खानेपानीका लागि बालमैत्री धारा जडान रङ रोगन देखि अन्य शैक्षिक पुर्वाधार निर्माणका लागि तत्काल १८ लाख रुपैयाँ खर्च लाग्ने आफुहरुको अनुमान रहेको र आगामी दिनमा त्यहा सबै व्यवस्थापन गरिने पौडेलको भनाई छ ।
यहाँ विद्यालय स्थापना पछि यसले यस्ता प्रकारका बालबालिका र तिनका अभिभावकहरुले लाभ लिनसक्ने उनले बताए ।
यस्ता लक्षण भएका बालबालिकामा आफ्नै सुरमा रमाउने, मानव अन्तक्र्रियामा पटकै चाँसो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पु¥याउँदा आक्रमक रूपमा प्रस्तुत हुने र कहिलेकाँही जबरजस्ती प्रतिकार गर्ने लक्षणहरु देखापर्दछ ।