चितवन । कोरोना संक्रमणका कारण बैशाखबाट बन्द भएको मनकामना केबलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ। यसअघि गत वैशाख १६ गतेदेखि घोषणा गरिएको निषेधाज्ञाका कारण बन्द गरिएको केबलकार सेवा भदौ २० बाट खुल्ने भएको हो ।
मनकामना दर्शन प्रा.लि.ले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दर घट्दोक्रमसँगै जिल्ला प्रशासन कार्यालय गोरखाको निर्णयअनुसार कोरोना संक्रमणसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबलकार सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीले, ‘कोभिड—१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यहि आउंँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनस् सन्चालन हुने जानकारी गराउँदछौं। विज्ञप्तिमा भनिएको छ, मन्दिर खोल्ने संबन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसारनै हुने समेत जानकारी गराउदछौं। साथै सम्पुर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम हरू अनिबार्य पालना गरिदिनु हुन अनुरोध गर्दछौं ।’

