चितवन ।नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई ‘जनसेवा श्री’ चतुर्थ श्रेणी पदकबाट विभूषित गरिएको छ। संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ‘जनसेवा श्री’ मानपदवीबाट अधिकारीलाई विभूषित गरिएको हो ।
नयाँ वर्ष २०८० को राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रबल ‘जनसेवा श्री’ मानपदवी प्रदान गरेका हुन ।


